परिकल्पना
आधुनिक प्रविधिको उच्च उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गरि सीपयुक्त्त दक्ष जनशक्त्ति उत्पादन गर्ने तथा क्याम्पसमा आर्थिक, प्रशासनिक सुशासन कायम गर्ने ।
लक्ष्य
➡ प्रविधियुक्त गुणस्तरीय शिक्षा प्रदान गर्ने ।
➡ सीपयुक्त्त दक्ष जनशक्त्ति उत्पादन गर्ने ।
➡ विश्वव्यापिकरणलाई आत्मसाथ गर्दै उच्च शिक्षालाई समय सापेक्ष रुपमा प्रदान गर्ने ।
➡ क्याम्पसको भौतिक पूर्वाधार विकास गरि सुचना प्रविधि युक्त्त बनाउने ।
➡ अनुसन्धानमुलक कार्य गर्न सक्षम बनाउने ।
एक नजर – सिस्ने शिक्षा क्याम्पस
सञ्चालित कोर्षहरु
सिस्ने शिक्षा क्याम्पस एक सामुदायिक स्वमित्वको क्याम्पस हो । यो क्यम्पस रुकुम पूर्व जिल्लाको रुकुमकोटमा अवस्थित छ । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरि सञ्चालनमा रहेको छ । क्यम्पसले शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक तहमा चार वर्षे B. Ed. र स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा आधारित M.Ed. कार्यक्रममा पठनपाठन सञ्चालन गर्ने गर्दछ । क्याम्पसले आर्थिक सामाजिक रुपले पछाडि परेका महिला, दलित, जनजाती, अपाङ्ग र द्वन्द्व पिडीत छात्रछात्राहरुलाई छात्रवृत्ति पनि प्रदान गर्दछ ।
क्याम्पसमा सञ्चिालित तह,कार्यक्रम र विषयहरुः
| तह | कार्यक्रम | सम्बन्धन प्रदान गर्ने विश्वविद्यालय | सञ्चालित बिषयहरु | कार्यक्रम स्वीकृत मिति | कक्षा सचालन मिति |
| स्नातक | स्वि.एड्. | त्रिभुवन विश्वविद्यालय | अंग्रजी, नेपाली, स्वास्थ्य र जनसंखया शिक्षा | २०६४-०५-१९ | २०६४-०८-०१ |
| स्नातकोत्तर | एम.एड. | त्रिभुवन विश्वविद्यालय | नेपाली, स्वास्थ्य र शैक्षिक योजना तथा व्यवस्थापन | २०७९-०८-१५ | २०७९-११-१० |


